झापा  ।

लघुवित्तको ज्यादती बिरुद्ध पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहान पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’ ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएर सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधनसमेत अवरुद्ध भएका छन् । लघुवित्तका कर्मचारीहरुले मानसिक तनावसमेत दिने गरेकाले विरोध प्रदर्शन गरेको प्रदर्शनमा सहभागीले बताएका छन् । 

लघुबित्त पिडीत मध्येकी मन्दिरा लामाले वृद्धा आमाहरुलाई ऋण लगानी गर्ने र किस्ता तिर्न नसक्दा तुरुन्तै भैंसी तान्न जाने, घरमा ताला लगाइदिने, कसैकसैले त बालबच्चा भित्रै छन् जबर्जस्ती ढोका तानेर ताला लगाइदिने गरेको बताइन् । लघुवित्त संस्थाको ज्यादतीको विरुद्धमा सडकमै उत्रिन बाध्य भएको उनको भनाईछ ।