बिर्तामोड । 

इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की कार्कीजी को शब्द रचनामा गीत तयार गरिएको हो ।

विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३ एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो । गीतलाई गायिका प्रसाईंको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् ।

गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ। गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिँदा अप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ ।

स्यान्डिकुमार पन्डितको छायाँकन, एसडी हाउसको सम्पादन तथा सुवास शाहको गीतमा निर्देशन छ । गीतमा गायिका प्रसाईंसहित उनको प्रेमीका रुपमा कलाकार समीप निरौलाले अभिनय गरेका छ्न् ।