विराटनगर । 

विराटनगरमा शनिवार (भोलि) आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् ।

विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो रनवेमा प्रमुख कलाकारका रुपमा निरौला र शोस्टपरका रुपमा कार्की आउँन लागेकी हुन् ।

 फेसन शो मा तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरनको प्रदर्शनी हुनेछ । कलाकार निरौला र कार्की दुवै जना तनस्काको ड्रेस लगाएर ¥याम्पमा उत्रने तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् ।

कलाकार निरौला र कार्कीसँगै २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू ¥याम्पमा उत्रने छन् । ¥याम्पमा पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी देखिनेछन् ।