बिर्तामोड । 

कोशी सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२३ का लागि आगामी भदौं ९ गतेदेखि अडिशन शुरु हुने भएको छ । सनमुन मोशन पिक्चर्सको आयोजनामा भदौ ९ देखि २३ गतेसम्म कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र उदयपुरका बिभिन्न स्थानमा अडिसन गरिने भएको छ । 

आयोजक संस्था सनमुनले शनिवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी कार्यक्रमको बिषयमा जानकारी दिएको हो । समुदाय भित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । 

‘कला तपाईको, मञ्च हाम्रो’ भन्ने मुल नराका साथ आयोजना हुन लागेको नृत्य तथा गायन प्रतियोगितामा ६ बर्षदेखि माथिका सवैले सहभागीता जनाउन सक्ने सनमुन मोशन पिक्चर्सका संस्थापक तथा प्रतियोगिताका निर्देशक सन्जय धमलालले बताए । 

dansing singing

धमलाका अनुसार अडिसनपछि दशै र तिहारको बिचमा उक्त प्रतियोगिताको फाइनल इटहरीमा हुनेछ । गायन प्रतियोगितामा प्रथम हुनेले नगद एकलाख रुपैयाँ र आफुलाई मन पर्ने कलाकारसँग म्युजिक भिडियो गर्न सक्ने, नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपैयाँ र आफुलाई मन पर्ने गायक तथा गायिकासँग म्युजिक एल्बम रेकडिङ्ग गर्न सक्ने निर्देशक धमलाले बताए । 

त्यस्तै दुबै प्रतियोगितामा दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार सहित म्युजिक भिडियो र म्युजिक एल्बम रेकडिङ्ग गर्न सक्ने बताइएको छ । 

प्रतियोगिताका लागि भदौ ९ गते धरान, १० गते बिराटनगर, ११ गते सुन्दरहरैंचा, १४ गते दमक, १५ गते मेचीनगर, १६ गते बिर्तामोड, २० गते गाइघाट र २३ गते इटहरीमा अडिशन हुने प्रतियोगिताका को–अडिनेटर ओमतीलक ओलीले जानकारी दिए । 

प्रतियोगिता सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च हुने र त्यो आयोजक संस्थाले नै ब्यहोर्ने प्रतियोगिताका अर्का को–अडिनेटर केशव बिनाडीले जानकारी दिए  ।