बिर्तामोड ।
नेपाली म्युजिक भिडियो ‘जोडी मिलाई देउ’ को प्रिमियर शो झापाको बिर्तामोडमा भएको छ । गायक प्रमोद खरेल र गायिका शान्ति श्री परियारको स्वरमा सजिएको नेपाली म्युजिक भिडियोको प्रिमियर शो बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा बिहीवार(आज) गरिएको हो ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
सन्जय न्यौपाने प्रोडक्शनको प्रस्तुती रहेको म्युजिक भिडियोमा नायक पुस्प खड्का, नायिका आयसा तामाङलगायतको अभिनय रहेको छ । रचना तथा संगीत करणराज कार्कीको रहेको म्युजिक भिडियोको निर्देशन सन्जय न्यौपानेले गरेका छन् ।
फिल्म प्रोडक्शन प्रालिका सन्चालक, निर्माता निर्देशक तथा कलाकार न्पौपाने २८ बर्षदेखि निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएका छन् ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
न्यौपानेले साथी, सुरक्षा, जीत, गाउँलेलगायतका दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेको छन् भने पछिल्लो समय चलचित्र राधा, प्रेम दिवश, नाइ नभन्नु ल ६ जस्ता चलचित्रको निर्माणसमेत गरिसकेका छन् ।
प्रिमियर कार्यक्रममा पत्रकार रमेश तिवारी, २० बर्षदेखि निरन्तर रुपमा चलचित्र क्षेत्रका बिभिन्न जिम्मेवारी सम्हाल्दै आएका दिनेशराज शर्मा, रि–बर्थ फाउन्डेशनका अध्यक्ष राजु गिरी, न्यू भिजन फाउन्डेशनका अध्यक्ष बुद्धि सुब्बा प्राचीन सोसियल हबका सन्चालक पाल्देनवान्दि शेर्पा, नायिका आयसा तामाङलाई सम्मान गरिएको थियो ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
सुनचाँदी ब्यवसायी राजु धमलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार तथा प्राध्यापक डा. कुमार सुवेदी, एमीटी कलेजका को–अडिनेटर बिनोद साहलगायतको आतिथ्य रहेको थियो ।
सम्मानीत ब्यक्तित्वहरुको सम्मानपत्र पत्रकार उमाकान्त खनालले बाचन गरेको कार्यक्रमको सञ्चालन पत्रकार तीलक योञ्जनले गरेका थिए । ‘जोडी मिलाई देउ’ म्युजिक भिडियो एकदमै राम्रो बनेको प्रिमियर शोमा उपस्थिति दर्शकले बताएका छन् । ‘जोडी मिलाई देउ’ म्युजिक भिडियो भोली शुक्रवारदेखि संगीत भकारी युट्व च्यानलमार्फत सार्वजनिक हुने जनाइएको छ । उक्त म्युजिक भिडियो १५ लाखढी रुपैयाँका लगानीमा तयार गरिएको निर्देशक न्यौपाले बताए ।