बिर्तामोड । 

नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यका साथ झापाको बिर्तामोडमा सञ्चालित होटल हिकोला हेरिटेज स्थापनाको ९ औं बर्षमा प्रवेश गरेको छ ।  

आन्तरिक र बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखेर २०७२ साल भदौं ४ गतेदेखि सञ्चालनमा आएको होटलले बिभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिएको हो । 

होटलको स्थापना दिवसको अवसरमा भदौं ४ गते पर्यटन प्रवर्धनका लागि साहित्य, संगीत, कला, भाषा, संस्कृतिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरिने सञ्चालक देबीभक्त श्रेष्ठले जानकारी दिए । 

पुर्बी नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उदेश्यका सञ्चालन गरिएको होटलले पर्यटक तथा आगन्तुक पाहुनाहरुलाई उत्कृष्ट सेवाले दिदै आएको सञ्चालक श्रेष्ठले बताए । शुभचिन्तक तथा आगन्तुक पर्यटकहरुको मायाका कारण नै होटल आठौं वर्ष पुरा गरि नौ बर्र्षमा प्रवेश गर्न  सफल भएको उनको भनाई छ । 

hicola heritaze

होटलमा इन्डियन, कन्टिनेन्टल, चाइनिज, थकालीलगायतका खानाका परिकारहरु साथै पारिवारिक वातावरणसहितको रेस्टुरेन्ट रहेको होटलका प्रवन्ध निर्देशक गौरव श्रेष्ठले जानकारी दिए । उनका अनुसार होटलमा भीआइपी बार तथा सुबिधा सम्पन्न कोठाहरु छन् । ब्यवस्थित कार्यक्रम हलसँगै २०७५ चैत्र २५ देखि स्पा र ज्याकुजी सहितको युनिसेक्स सलोन सञ्चालन रहेको छ । 

२०७६ माघ २६ गतेदेखि काँकरभिट्टामा पहिलो शाखा सञ्चालन गरेको होटलले ९ औं वर्ष प्रवेश गरेको अवसरमा कोठामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको प्रवन्ध निर्देशक गौरवले बताए । होटलमा चाँडै सुबिधा सम्पन्न कफी क्याफे सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । 

पर्यटन उद्योगको रुपमा २०४२ सालमा हिकोला कलर ल्याबबाट शुरु भएको  व्यवसाय अनुपमा ट्राभल्स हुँदै होटल ब्यवसायसम्म आइ पुगेको हो । होटलमा बिशिष्ट ब्यक्तित्वहरुको समेत आगमन हुने गरेको बताइएको छ । मेचीनगर नगरपालिका–१ मा पाथिभरा कृष्णथुम्की कृषि तथा पर्यटन प्रालिका नाममा ५ बिगाहा जग्गा खरिद गरेको समेत सञ्चालक श्रेष्ठले बताएका छन् । 

पत्रकार सम्मेलनमा होटलका मेनेजर विवेक बराल, साहित्य चौतारीका अध्यक्ष हस्त परियार, कोषाध्यक्ष भवानी गौतम, सल्लाहकार कृष्ण पौडेल, सुनिता तामाङ, कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।