• रञ्जित परियार 

झापा।

नेपाल शिक्षक महासंघ अर्जुनधाराले असोज ३ गतेदेखि अर्जुनधारा नगर  क्षेत्रका सबै विद्यालय बन्द गर्न आव्हान गरेको छ । महासंघ नगर समिति र शिक्षक तथा कर्मचारीहरुका विभिन्न संगठनको संयुक्त बैठकले शिक्षा बिद्येयकमा भएका बिषय संशोधनका लागि शिक्षक महासंघको आव्हानमा असोज ३ गतेदेखि हुने काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन अर्जुनधाराका सबै विद्यालय बन्द गरेर काठमाडौंको आन्दोलनमा सहभागी हुन आव्हान गरेको हो ।

३४ जना सहभागीसहित २ गते नै काठमाडौतर्फ जाने तयारी भएको नगर अध्यक्ष पुन्य सुबेदीले बताए । शनिश्चरे माबिमा बसेको बैठकपछि महासंघ र शिक्षकसँग सम्बद्ध विभिन्न संगठनहरु र प्रअहरुको संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘आन्दोलनमा जानु शिक्षकहरुको रहर होईन बाध्यता हो ।’

सरकारले शिक्षक महासंघसंग गरेको पटक पटकको सहमति उल्लघंन गर्दै शिक्षा विद्येयक संसदमा दर्ता गरेकोका कारण आन्दोलनमा उत्रिनु परेको महासंघकि सचिव गंगा पोख्रेल, प्रधानाध्यापक जयप्रसाद भण्डारी, नेपाल शिक्षक संघका अर्जुनधारा नगर अध्यक्ष सुजाता शिवाकोटी, एन्टोका रुद्र खतिवडाले बताएका छन् ।