धरान । 

ड्रिम एम प्रोडक्शनले आयोजना गरेको मिस प्रोभिन्स आईडल २०२३ को दोस्रो संस्करणको ताज सुनसरी धरानकी माङसेमी लिम्बुले पहिरिन सफल भएकी छिन् । धरान स्थित शिक्षासदन स्कुलको सभाहलमा शनिवार आयोजित मिस प्रोभिन्स आईडलको ग्राण्ड फिनालेमा आफ्ना १६ प्रतिस्पर्धीहरु मध्य उत्कृष्ट प्रस्तुतीका साथ माङसेमीले मिस प्रोभिन्स आईडल २०२३ को ताज पहिरिन सफल भएकी हुन् । 

उनलाई पहिलो शंस्करणका विजेता नुरिन बस्नेतले ताज पहिरेकि थिइन भने कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगर पालिकाका उपप्रमुख आईन्द्रविक्रम वेघाले ट्रफि तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

आईडलको फस्ट रनरअपको उपाधि संखुवासभाकी आकृति चाम्लिङ राईले प्राप्त गरिने, सेकेण्ड रनरअप सुनसरीकै विनिसा बिष्ट र थर्ड रनरअपको उपाधि तेह्रथुमकी नुनमा लिम्बुले प्राप्त गर्न सफल भएका छन् ।  यस्तै पब्लिक च्वाइस बिजेता खोटाङकी अपेक्षा राई भएकी छिन् ।  

प्रदेश नम्बर १ भरीका युवतीहरुको सौन्दर्य, व्यक्तित्व तथा क्षमताको परिक्षण सहित आयोजित ग्राण्ड फनालेमा मस्ट ग्राजुअसको उपाधि राधिका नेपाली, मिस ट्यालेन्टको माङसेमी लिम्बु, बेस्ट वाक एन्जिला तामाङ, मस्ट डिस्पीलिन बिनिसा दर्नाल, मस्ट एक्टिभ अपेक्षा राई, मिस फोटोजेनिक निवासा लिम्बु, मिस बव्ली सोनिया याख्खा, मिस फ्रेण्डली आयुसा श्रेष्ठ, मस्ट कन्फिडेण्ट अनिता परियार, मस्ट चार्मिन नुनम लिम्बु, मस्ट अविडेण्ट आकृति चाम्लिङ राई, मिस मल्टिमिडिया च्वाईस रोजिना जिमि र मिस पंचुअल प्रशंसा राईले सब टाइटलको उपाधि प्राप्त गर्न सफल  भएका थिए । 

बिजयी प्रतियोगीहरुलाई कार्यक्रमका अध्यक्ष ड्रिम एण्ड प्रोडक्शनका सल्लाहकार तथा कार्यक्रमका अध्यक्ष गजेन्द्रकुमार लिम्बु, कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगर पालिकाका नगर उपप्रमुख आईन्द्र वेघा लिम्बु, कार्यक्रमका निर्णायकहरु युवा व्यवसायी तथा संचार उद्यमी विश्वराज तामाङ, एनि ब्राण्डका अध्यक्ष सन्तोष थोप्रा, इभेन्ट अर्गनाईजर रोनिक अग्रवाल र मिस पूर्वेली सुपर मोडल सुम्निमा खापुङ लगायतका कार्यक्रममा सहभागी अनिथिहरुले पुरस्कृत गरेका थिए । 

एक महिना अघि प्रदेश १ भरीका युवातीहरु माझ अडिसन लिएर अन्तिम प्रतिस्पर्धाको लागि छनौट भएका १७ सहभागीहरुलाई सिम स्टेट बिजेता स्वेयता भुजेलले कोरियोग्राफगरेका थिए ।