झापा । 

लामो समयसम्म सेन्सर बोर्डको झमेला सहेर प्रदर्शन हुन नसकेको सामना फिल्मस् प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘सिमानामा काँडेतार’ हालै सेन्सर पास भएपछि नेपाली सिनेमा हलहरमा प्रदर्शन हुने भएको छ । केहीदिन अघि चलचित्र काठमाडौंको चावहिलस्थित विकाश बोर्डको हलमा विशेष शो राखिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले टिकट खरिद गरेरै चलचित्र हेरेका थिए । उनीहरुले सिनेमा आफुले सोचेको भन्दै धेरै राम्रो र राष्ट्रभक्तले ओतप्रोत भएको बताएका थिए । मन्त्री किराती र मोदीले नेपाल र नेपालीको स्वभिमानलाई उजागर गर्ने चलचित्र भएको बताएका थिए । 

फिल्मका निर्देशक तथा अभिनेता नवल खड्काको फिल्म काडेतारको सोमवार (आज) बिर्तामोडमा पनि च्यारिटी शो प्रदर्शन भएको छ ।  आगामी फागुन २५ गतेबाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय रहेको छ । फिल्मको मुख्य भूमिकामा निर्देशक खड्का पनि छन् । 

फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् ।

तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रूपमा छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । फिल्मको विदेशबाट पनि उच्च माग भइरहेको छ ।

सरल तथा सहज दृश्य–प्रस्तुति र प्रविधिको उच्चतम प्रयोग भएका कारण नेपालीले हेर्नैपर्ने चलचित्र भएको बिर्तामोडमा च्यारिटी शो हेर्नेले प्रतिक्रिया दिएका छन् ।