झापा । 

पछिल्लो समय साउथ सिनेमाले धेरैको मन जित्ने गरेको छ । साउथ फिल्मको दमदार एक्सन, डान्स र कथनले पनि धेरै फिल्म दश)कलाई प्रभाव पार्ने गरेको छ । साउथ फिल्मका सुपरस्टार थलापथी विजय फिल्मका लागि भारतकै सवै भन्दा धेरै रकम लिने अभिनेतामा पर्ने गरेका छन् । उनका फिल्महरु सोही मात्रामा कमाई पनि गर्ने गरेका छन् ।

हाल साउथ फिल्म इन्डष्ट्रिजका अभिनेता साउथमा मात्र नभएर हिन्दी सिनेमाका दर्शकमाझ पनि निकै लोकप्रिय मानिने गरेका छन् । थलापथी विजयको फिल्म ‘लियो’ गत शुक्रबार रिलिज भएको थियो । यो फिल्मले रिलिज अघि नै आफ्नो दबदबा कायम गरिसकेको थियो । विजयका फ्यानहरु फिल्मलाई लिएर निकै उत्साहित छन् । लियोको रिलिजको आज चौथो दिन हो ।

लियो फिल्मले दुई दिनमै सय करोडको आँकडा पार गरिसकेको थियो । अबको ३–४ दिनमा विजयको फिल्मले २०० करोडको आँकडा सजिलै पार गर्ने अनुमान गरिएको छ ।

विजयको लियोले पहिलो दिन पठान र जेलरलाई हराएर ६८ करोडको ठूलो व्यापार गरेको थियो । रिलिजको दोस्रो दिन थालपथी विजयको फिल्मले ३५ करोड कमाएको छ । यस बाहेक शनिबार र आइतबारबाट यो फिल्मले बक्स अफिसमा व्यापक सुधार गर्ने बताइएको छ । 

एजेन्सीको सहयोगमा