बिर्तामोड । 

न्यूटन्स्  एजुकेशन एकाडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । झापाको बिर्तामोड–५ मा रहेको सो बिद्यालयले शैक्षिकसत्र २०८० को बार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतको कार्यक्रम अनुसार विभिन्न बिधाका खेलकुद गराएको बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए । 

सप्ताह ब्यापी रुपमा सञ्चालन भएको खेलकुदको आज एक बिशेष कार्यक्रम गर्दै  समापन गरिएको हो । कक्षा नर्सरी देखि ९  सम्मका विद्यार्थीले सहभागिता जनाएका  थिए । फुटबल, रिले दौड, टि–टि, चेस, ब्याडमिन्टनलगायतका २० विधामा खेल प्रतियोगिता गरिएको बताइएको छ । 

समापन कार्यक्रममा बिर्तामोड नगर खेलकुद समिति सदस्य सचिब बिसन लिम्बुको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नगर प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाल, बास्केटबल प्रशिक्षक प्रकाश लिङ्देन, बिद्यालय ब्यबस्थापन समिति सदस्य गोपिकृष्ण प्रसाईं, मन्जु राई, अभिभावक इकाई संघ अध्यक्ष नरेश भट्टराई, उपाध्यक्ष गौरी भण्डारी, लब चौधरीलगायतको उपस्तिथि रहेको थियो । 

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता भएको कार्यक्रममा प्रधानाध्यापक हुमागाईले स्वागत गरेका थिए भने सञ्चालन शिक्षक पबित्रा पौडेलले गरेकी थिइन् ।