झापा । 

बलिउड अभिनेता सलमान खान र कटरिना कैफ अभिनित फिल्म ‘टाइगर–३’ रिलिज भएको छ । दिपावलीको अवसर पारेर आइतवारदेखि फिल्म टाइगर ३ प्रर्दशनमा आएको हो । यशराज फिल्मस्को प्रस्तुती रहेको टाइगर–३ महेश शर्माको निर्देशनमा निर्माण भएको फिल्म हो । 

फिल्म हिन्दी, तमिल र तेल्गु भाषामा रिलिज भएको छ । दर्शकले फिल्म टाइगर–३ को धेरै चर्चा गरिरहे पनि उक्त फिल्म अन्तिम भएको दर्शकले बताउन शुरु गरेका छन् । टाइगर ३ फिल्ममा खासै नयाँपन नभएको दर्शकहरुले बताउँदै आएका छन् । टाइगर–३  र पठानको कथा बस्तुमा खासै फरक नरेको पनि बताइएको छ ।

फिल्म निर्माणपक्षले फिल्ममा त्यती मेहनत नगरेको पनि आरोप लाग्न शुरु भएको छ । टाइगर र २ ले दर्शकको मन जित्न सफल भएपनि टाइगर ३ कमजोर भएको दर्शकहरुले अनुमान लगाउन शुरु गरेका  छन् । 

‘टाइगर ३’ मा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका छन् भने शाहरुख खान र ऋतिक रोशनको समेत सशक्त केमियो भूमिका रहेको छ । ‘टाइगर ३’ भारतीय जासूस एजेन्सी रअको कथाबस्तुमा आधारित रहेको छ ।

हालसालै प्रदर्शन भएको टाइगर ३ ले के कति कमाउछ र दर्शकको मन जित्न सक्न या सक्दैन त्यो भने आगामी दिनले बताउने केहीले अनुमान लगाएउँदै आएका छन् । 

एजेन्सीको सहयोगमा