झापा । 

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कैटरीना कैफको फिल्म ‘टाइगर–३’ ले दुईदिनमा एकसय करोड बढी रकम कमाई गरेको छ । फिल्मले रिलिजको २ दिनमै करिब १०२ करोड कमाउन सफल भएपछि सलमान खानको करियरको सवैभन्दा ठूलो फिल्म बन्ने अनुमान गरिएको छ । 

फिल्मले यसरी नै कमाई गर्दै गए सलमान खान र कैटरिना कैफको करियरकै सवैभन्दा ठूलो ब्लकबस्टर सावित हुने अनुमान गर्न थालिएको छ । फिल्मले पहिलो दिन ४४ करोड र दोस्रो दिन ५७ करोड ५० लाख कमाई गरिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्मले तमिल, तेल्गु र हिन्दी भाषामा गरेर २ दिनमा जम्मा १०१ करोड ५० लाख रुपैयाँ कमाई गरिसकेको छ । 

दिपावलीको अवसर पारेर प्रदर्शनमा आएको फिल्ममा सलमान, कैटरिना मुख्य भुमिकामा छन् भने  इमरान हाशमी भिलेनको रुपमा रहेका छन् । त्यस्तै फिल्ममा शाहरुख खान र ऋतिक रोशनले स्पेशल केमियोको रुपमा अभिनय गरेका छन् । सिनेमा घरमा दर्शकको भीड लागिरहेका कारण पनि टाइगर–३ सलमान र कैटरिनाको करियरकै सवैभन्दा ठूलो फिल्म बन्ने भारतीय सञ्चार माध्यमहरुले अनुमान लगाइरहेका छन् । फिल्म टाइगर–३ फ्रेंचाइजीको तेस्रो फिल्म हो ।

 ‘टाइगर ३’ भारतीय जासूस एजेन्सी रअको कथा बस्तुमा आधारित रहेको छ ।