• सुदिप खवास 

बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा अवस्थित एमिटी अङ्ग्रेजी माध्यमिक बिद्यालयमा एमिटी स्काउट ट्रुपको दुई दिने क्याम्प शनिवार (आज) सम्पन्न भएको छ।

एमिटी स्काउट ट्रुपको आयोजना तथा बिर्तामोड रोभर रेन्जर ओपन क्रियुका रोभर रेन्जरहरुको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा छात्र १० र छात्रा ३२ गरि जम्मा ४२ जना बिद्यार्थिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि बिद्यालयका प्राचार्य आर.एस. ढकाल रहेका थिए । 

कार्यक्रमको पहिलो दिनमा मार्चपास गर्नुका साथै राती ७ बजेबाट अविभावकहरु समेतको उपस्थितिमा क्याम्प फायर कार्यक्रमसहित बिद्यार्थीहरुले विभिन्न नित्य समेत प्रदर्शन गरेर मनोरञ्जन प्रदान गरेको एमिटी स्कुलका स्काउटर तथा बिर्तामोड नगर संयोजक निकुञ्ज शर्माले जानकारी दिए।

कार्यक्रमको दोस्रो दिनमा एमिटी स्काउट ट्रुपको दिक्षान्त कार्यकममा बिद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरे अनुसार बिद्यार्थीहरुलाई स्काफ, ब्याज तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा बिद्यालयका लेखा शाका प्रमुख केशवी ढकाल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुस्पलाल भण्डारी, बिद्यालयका सहायक प्रधानाध्यापक के.पि. खटिवडा, को–ओडिनेटर टीका ढकाल, शिक्षकहरु नवीन प्रसाईं, स्वरस्वती ढकाल, हिमा काफ्लेलगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा फडिन्द्र खरेलले शुभकामना मन्तज्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक दिनेशराज शर्माले गरेका थिए ।