सुरुङ्गा । 

झापाको कनकाई—५,चप्रामारीस्थित भगवती आधारभूत विद्यालयमा स्थापनाकालदेखी नै सहयोग गर्दै आएका मनका धनी स्थानीय दातालाई विद्यालयले सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको सभापतित्व एवं स्थानीय सरकारका प्रतिनिधि—कनकाई वडा नं.–५ का वडासदस्य डिल्लीराम उप्रेतीको विशेष उपस्थितिमा एक संक्षिप्त कार्यक्रमका बिच दातालाई सम्मान गरिएको हो ।  

सम्मानित हुनेमा स्थानीय शिक्षासेवी बुद्धिप्रसाद र सरस्वता पराजुली रहेका छन् । पराजुलीका छोरा रोशनले साँवाअक्षर चिनेको यस भगवती आधारभुत विद्यालयमा छोराकै ईच्छा अनुसार पराजुली दम्पतीबाट विद्यालयको स्थापनाकालदेखी नै सहयोग हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठक बताउँछन् ।  कार्यक्रमको सहजीकरण विद्यालयका संस्थापक शिक्षक रामकुमार पाठकले गरेका थिए ।