झापा । 

बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय का भूतपूर्व विद्यार्थीहरूको पुनर्मिलन कार्यक्रम झापाको पर्यटकीय स्थल दोमुखामा सम्पन्न भएको छ। 

उक्त विद्यालयमा २०५५–५६ सालमा अध्ययन गर्ने विद्यार्थीहरूको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त पुनर्मिलन कार्यक्रमका बीच विद्यालयका शिक्षक धर्मेन्द्र भट्टराईलाई सम्मानसमेत गरेका थिए। 

उनीहरुले एकआपसमा आफ्नो जीवनका संघर्षहरूको बारेमा छलफल गरेका थिए भने हाल विभिन्न पेशा र व्यवसायमा रहेका साथीहरू बीचमा विचारहरू आदान–प्रदान समेत गरेका थिए। 

पूर्व विद्यार्थीहरू यादव रिजाल,  कृष्ण पाठक , मिलन पोखरेल लगायतको सक्रियतामा  कार्यक्रम आयोजना गरिएको थियो। भेलाले आगामी दिनमा पूर्व विद्यार्थीहरूको एउटा संस्था खडा गर्ने र विद्यालयलाई विभिन्न तरिकाले सहयोग पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।