बिर्तामोड । 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको ५ औं बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन भएको छ । इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा आइतवार (आज) बिर्तामोडमा बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हो । 

इक्यानका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेषराज भट्टराईले ५ औं बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको उद्घाटन गरेका थिए । स्वागत इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए । 

कार्यक्रममा इक्यान केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भूसाल, बिर्तामोड उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेल्टा झापाका निवर्तमान अध्यक्ष धमेन्द्र भट्टराई (मामा), नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीलगायतको आतिथ्य रहेको थियो । 

  • अध्यक्षमा रोशन सुवेदी 

अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले अध्यक्षमा रोशन सुवेदी, निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाई (अग्नि) चयन भएका छन् । 

त्यस्तै सदस्यमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला र तुलसी पाठक चयन भएका असोक भण्डारीले जानकारी दिए । 

eee