• रन्जित परियार 

अर्जुनधारा । 

झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा अवस्थिर भानु माध्यमिक बिद्यालयले ६४ औ बार्षिक उत्सव विभिन्न कार्यक्रम साथ सम्पन्न गरेको छ । 

कार्यक्रममा दीर्घसेवा गरे बापत शिक्षक भिमप्रसाद उप्रेती र सितादेबी खनाल साथै बर्ष उत्कृष्ट शिक्षकका रुपमा देबीप्रसाद गौतमलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी शैक्षिकसत्र २०७९ का एसइइ उत्कृष्ट विद्यार्थी अंक श्रेष्ठ र निहारिका पोख्रेललाई देबी तुलसा खड्का स्मृति अक्षयकोषबाट १० हजार नगदसहित सम्मान गरिएको थियो ।

पुरुषोत्तम स्मृति अक्षयकोषबाट नगद १० हजार रुपैयाँसहित कक्षा ११ कि उत्कृष्ट विद्यार्थी संरचना सिटौला,  लालनाथ जसोदा चौहान स्मृति अक्षयकोषबाट कक्षा १२ कि उत्कृष्ट विद्यार्थी देबी लिङ्गदेन र पुजा मैनालीलाई नगद ७ हजार ५०१ रुपैयाँसहित सम्मान  र जगन्नाथ तिलकुमारी खतिवडा स्मृति अक्षयकोषबाट कक्षा  ९ का सुरज ढुंगानालाई ७ हजार ५०१ रुपैयाँसहित सम्मान र तुलसी राममाया अधिकारी स्मृति अक्षयकोषबाट कक्षा ५ का सौरब मोक्तानलाई नगद ७ हजार ५०१ रुपैयाँसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बार्षिक प्रतिवेदन प्रधानाध्यापक रुपक दाहालले प्रस्तुत गरेका थिए । प्रअ दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा बिद्यालयका सस्थापक स्व.अमरबहादुर खड्का, स्व. ज्ञानुराम भट्टराई, महेन्द्र भण्डारी, भिमबहादुर खड्का, पूर्व प्रअ स्व.ताराप्रसाद सञ्जेललगायतको योगदान बारे चर्चा गरिएको थियो। आउँदा दिन अवसर र चुनौती दुबैसँग सामुदायिक बिद्यालयले सामाना गर्नु पर्ने उनले बताए ।  

कार्यक्रममा विद्यार्थीहरुले तयार गरिएको विभिन्न सामग्री प्रदर्शनी एवम् उत्कृष्ट नृत्य एवम् विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुति गरिएको थियो ।  कार्यक्रममा बिशिष्ठ अतिथि एवम् दाताहरु, वडाध्यक्ष गिताराज खड्का, बिद्यालयका पूर्व अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, लक्ष्मण खतिवडा, बिनोद बस्नेत, युवराज खडका, प्रशान्त भण्डारी, राजेन्द्र चौलागाईं, गणेश खड्का, सुवास खडका, मातृकाप्रसाद कोइरालालगायतले शुभकामना व्यक्त गरेका थिए । 

बिद्यालय ब्यवस्थापन समितिकि अध्यक्ष लक्ष्मीदेबी न्यौपाने (सरु) अध्यक्षता एवम् अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सहजीकरण शिक्षक पुन्य सुबेदीले गरेका थिए ।