बिर्तामोड । 

देवी माध्यमिक बिद्यालयले बिविध कार्यक्रम गरी ६१ औं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोड–५ मा रहेको बिद्यालयले बिहीवार (आज) छात्रवृत्ति, बिज्ञान प्रदर्शनी अवलोकन, अवकाश तथा दीर्घसेवा शिक्षकलाई सम्मान, जग्गादाताको शालिक अनावरण, भवन उद्घाटन, सांस्कृतिकलगायतका कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । त्यस्तै ६१ औं बार्षिकोत्सवका अवसर पारेर म्याराथन प्रतियोगितासमेत गरेको थियो । 

कार्यक्रममा बिद्यालयका अवकाश प्राप्त शिक्षक धनबहादुर पोखरेल र दीर्घसेवी शिक्षक बिमला लुईटेललाई सम्मान गरिएको थियो । सोही कार्यक्रमकाबिच जग्गादाता स्व.खनपरुदे रामबाबु प्रसाईको शालिक अनावरण  गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बिज्ञान  प्रदर्शनी अवलोकन, सांस्कृतिक कार्यक्रम अन्तरगत गायन तथा नृत्य प्रस्तुत गरेका थिए । 

वार्षिकोत्सव कार्यक्रममा मानबहादुर भगवती गिरी स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ४ देखि ११ सम्मका ७ जना, सञ्जु पाण्डे डाँगी स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ११ का २ जना, हाकिमलाल धिमाल स्मृति,  लक्ष्मी निरौला स्मृति, पर्शुराम ढकाल स्मृति, ज्ञानुराम प्रसाई स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ११ र १२ का एक एक जना गरेर ८ जना बिद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । त्यसैगरी २०८० सालको कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगदसहित पुरस्कृत गरिएको थियो भने २०७९ सालको माध्यमिक शिक्षा परिक्षाको उत्कृष्ट नतिजा हासिल गर्ने तीन जनालाई पनि नगदसहित पुरस्कृत गरिएको छ । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आशिष बनको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश बिद्यालयकी प्रधानाध्यापक अम्विका श्रेष्ठले पारेको कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए । 

कार्यक्रममा जग्गादाता तथा पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टोरुप प्रसाई, बिर्तामोड नगर निवर्तमान मेयर ध्रुवकुमार शिवाकोटी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईलगायत नगरका बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न सामाजिक संघ/संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बिद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।