सुरुङ्गा । 

लायन्स क्लव अफ कनकाई सुरुङ्गाले कनकाई वालशिक्षा केन्द्र कनकाई ४ कोटीहवनमा रहेका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  

गरिब तथा अतिविपन्न परिवारका वालवालिकाहरु अध्यान गर्दै आएका विद्यालयमा अध्ययनरत ५८ जना वालवालिकाहरुलाई न्यानो कपडा ट्राक सुट प्रदान गरिएको लायन्स क्लव अफ कनकाईका अध्यक्ष सन्जय गजुरेलले जानकारी दिए । 

कम आय भएका र प्राय सबै अभिभावहरु खोलामा गिटी बालुवा चालेर परिवारको खर्च जुटाउँदै आएकाले जाडोको समयमा स्कुलमा विद्यार्थी स्कुल समेत आउन छाडेको थाहा भएपछि क्लबले उनीहरुलाई जाडोको कपडा वितरण गरेको लायन्स क्लव कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले बताए। 

जाडोमा स्कुलका विद्यार्थीहरुले न्यानो कपडा पाएपछि कम्तीमा अध्यान अध्यापन कार्यमा सहज हुने चिमरियाले बताए। लायन्सको कार्यनै सेवा गर्ने भएकोले झापाका अन्य पालिकाहरुसहित विशेष गरि कनकाई नगरपालिका र झापा गाउँपालिका क्षेत्रमा जाडोको समयमा बच्चा र कमजोर आय भएका अभिभावकहरुलाई समेत  न्यानोको कपडा प्रदान लायन्सले गर्न लागिरहेको चिमरियाको भनाई छ । 

कनकाई बालशिक्षा केन्द्रका व्यावस्थापन समिति सदस्य धुब्र फुयाँल, लायन्सका पूर्व अध्यक्ष रुपनारायण खतिवडा, मनोज बस्नेत, साजन थापा, लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमण चौधरी लगायातले लायन्सले समस्या पर्दा सहयोगको अभियानलाई निरन्तता दिदै जाने बताएका छन् ।  

 विद्यालयमा लायन्सले न्यानो कपडा प्रदान गरेसँगै आगामी दिनमा विद्यार्थी विद्यालयमा नियमित आउने विश्वास लिएको विद्यालयकी प्रअ मिना बस्नेतले बताइन् । कार्यक्रम लायन्स क्लव अफ कनकाई सुरुङ्गाका सचिव पंकज खड्काले सञ्चालन गरेका थिए ।