बिर्तामोड । 

निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोड नगरको साधारण सभा सम्पन्न भएको छ । प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको पालिका स्तरीय साधारणसभामा प्याब्सनका पूर्व केन्द्रीय सदस्य गुरुभक्त न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । 

नगर सह–सचिब देबेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रममा सचिब सुरेन्द्र खरेलले संगठनको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन झापाका सचिब हरिकृष्ण पाठकले शुभकामना मन्तब्य राखेका थिए । 

उनले स्थानीय सरकारले संस्थागत बिद्यालयले गरेको योगदानको मुल्यांकन गर्न कन्जुस्याइँ गरेको बताए ।  सह–सचिब हुमागाईले स्थानीय सरकारले विभिन्न बहानामा दुःख दिने वातावरण निर्माण गरेको बताए । उनले कहिले परिक्षाको नाममा  त कहिले छात्रवृत्तिको नाममा निजि बिद्यालयलाई स्थानीय सरकारले विभेद गरेको उल्लेख गरे । 

अध्यक्ष खनालले  कक्षा ११ र १२ को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम बितरण गरिएको र बिद्यालय ग्रेडिङको प्रस्तावलाई प्याब्सनले स्वीकार नगर्ने बताए । उनले एकता आवश्यक भएको बताउदै संस्थागत बिद्यालयलाई एकीकृत हुन आग्रह समेत गरे । बिर्तामोड नगरपालिका भित्र ४८ वटा संस्थागत बिद्यालय प्याब्सनमा आबद्ध छन् ।