• रन्जित परियार

शनिश्चरे । 

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजनामा परिमार्जित पाठयक्रम प्रबोधिकरण सम्बन्धि दुई दिने शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

आधारभूत तथा माद्यामिक तह ५, ८ र १० कक्षाको विषयगत शिक्षक एवम् आधारभूत तहका प्रधानाध्यापकसहित ५४ जना सहभागी शिक्षकहरुलाई परिमार्जित पाठयक्रम सम्बन्धि अभिमुखी एवम् सहजीकरण गरिएको थियो । 

विषयगत क्षेत्र, पाठयपुस्तक तथा पाठयसामग्रीको प्रयोग, पाठय कार्यघण्टा, बिशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्ने, अक्षराङ्कन पद्धति अनुरुप विद्यार्थीको सिकाई उपलब्धि प्रमाणीकरण गरिने सम्बन्धि छलफलसहित नमुना प्रश्नपत्र निर्माण र प्रस्तुतिकरण समेत तालिममा गरिएको थियो । 

शिक्षकले पाठयक्रम, पाठयपुस्तक र शिक्षक निर्देशिकाको अनिवार्य अध्ययन गर्नु पर्नेमा नगर शिक्षा प्रमुख एवम् उप–सचिब तोयानाथ रेग्मीले बताएका थिए ।  यसको अलावा अन्य सामग्री र नेट इन्टरनेटको सहयोग र डिजिटल माध्यमबाट विद्यार्थीको रुचि अनुसार अध्ययन गराउनु पर्नेमा उक्त परिमार्जित पाठयक्रमले सहजता गराउने र बिश्व शिक्षासँग मेल गराउने शिक्षक सदैव अध्ययनसील रहने र त्यस्ता तालिमले शिक्षकलाई अझ सक्षमता बनाउने कुरामा बिश्वत रहेको विशिष्ट अतिथि शिक्षा बिकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिकले बताए । 

गुणस्तरीय शिक्षाको स्तरमा गिरावट आउँदै गरेको अवस्थामा अभिभावक एवम् विद्यार्थीहरुको चाहना अनुसार समय सापेक्ष शिक्षण सिकाई, शिक्षक समेत प्रबिधि एवम् समयानुकूल बिकशित हुँदै जानू पर्ने र केन्द्रिय सरकार प्रदेश सरकार र स्थानीय  सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुरुप हाल धेरै सामुदायिक बिद्यालयहरुले गुणस्तरीय शिक्षासहित नमुना बिद्यालय बनेको र अर्जुनधारा नगरमा पनि यस्ता बिद्यालयहरु देखिन थालेको प्रमुख अतिथि अर्जुनधारा नगर उपप्रमुख खडगमाया पराजुलीले बताइन् । 

कार्यक्रम सहजीकरण सुर्यप्रसाद सापकोटा, रुपक दाहाल, निर्मला पोख्रेल, सुरेन्द्र दाहाल, पर्शुराम भट्टराईले गरेका थिए । उनीहरुलाई कुसल सहज कर्ताको रुपमा शिक्षा शाखाले प्रमाणपत्र प्रदान गरेको थियो । तालिमको समापनमा सहभागी प्रशिक्षार्थीहरु सुजाता शिवाकोटी, रेखा उपाध्याय, खेम रेग्मी, सहजकर्ता पर्शुराम भट्टराई, निर्मला पोख्रेललगायतले तालिम उपयोगी र फलदायी रहेको भन्दै आयोजक शिक्षा शाखालाई धन्यवाद व्यक्त गरेका थिए । 

 शिक्षा शाखा अधिकृत सुनिता भट्टराईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।