झापा । 

उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) झापाको अध्यक्षमा टेकनाथ भण्डारी चयन भएका छन् । भण्डारीको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिको  उपाध्यक्षमा खेम भण्डारी, उत्तम खनाल,  सचिब देबेन्द्र हुमागाई ,सह–सचिब भाष्कर निरौला निर्वाचित भएका हुन् । 

मोरङको लेटाङमा सम्पन्न अधिबेशनबाट संघको सदस्यमा सन्देश ओली, चन्द्र खनाल, सुरेन्दमूर्ति पन्न, जीवन शिवाकोटी, प्रमिला बजगाई, कपिल क्षेत्री, प्रकाश भण्डारी चयन भएका सचिब हुमागाईले जानकारी दिए । 

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का, मोरङ अध्यक्ष अमित ढकाल र वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

चन्द्र खनालले स्वागत गरेको कार्यक्रममा सहभागीहरुले सरकारले ल्याएको शिक्षा विधेयकका विषयमा स्पष्ट कुरा राखेका थिए । हिसान कक्षा ११÷१२ संचालकहरुको साझा संस्थाको रुपमा काम गर्दै आएको बताइएको छ ।