बिर्तामोड । 

झापाको बिर्तामोडस्थित बिर्तामोड स्टडी सेन्टरले मन्टेश्वरी शिक्षकलाई तालिम सञ्चालन गर्ने भएको छ । अक्सफोर्ड ट्रेडिङ सेन्टरको समन्वयमा ३ महिने तालीम सञ्चालन गरिन लागिएको प्रबन्ध निर्देशक केशब मैनालीले जानकारी दिए । 

बालबालिकाको मनोबिज्ञान अनुसार मन्टेश्वरी कक्षा सञ्चालन तथा पठनपाठन गराउन सहज होस् भन्ने उदेश्यले तालीम सञ्चालन गर्न लागिएको सेन्टरका अध्यक्ष मदन बुढाथोकीले जानकारी दिए ।

तालिममा लेखन शैली,भाषा, बालमनोबिज्ञान, बालबालिका तथा अभिभावक परामर्श लगायतका विषयमा तालिम हुने बताइएको छ । पछिल्लो समय अभिभावकहरु ब्यस्त भएका कारण साना(साना बालबालिकालाई मन्टेश्वरी स्कुलमा भर्ना गर्ने क्रम बढेसँगै दक्ष जनशक्ति अभावलाई सहजीकरण गर्ने उदेश्यले यहि माघ महिनाको पहिलो हप्ताबाट  तालिम सञ्चालन गर्न लागिएको जनाइएको छ ।