बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित बेल्स मोडेल इङ्ग्लिस स्कुलमा भएको बिष्फोटको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल (क्रान्तिकारी) बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै हाइड्रोजन ग्यास विस्फोट भइ एक छात्रासहित दुई जना घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा हाइड्रोजन जस्तो प्रज्वलनशिल ग्यासको खुला प्रयोग गरिनु अत्यन्तै जोखिमपूर्ण हुने भन्दै विश्वको कतिपय मुलुकमा हाइड्रोजन बेलुनको प्रयोग प्रतिबन्धित गरिएको जनाइएको छ । हिजो मंगलबार बिद्यालयको बार्षिकोत्सव कार्यक्रममा वेलुन फुलाउने क्रममा बिस्पोट भएको थियो । 

शिक्षा प्रदान गर्ने विद्यालयले बालबालिकालाई सम्भावित जोखिम हुन सक्ने अवस्थाको अध्ययन र पूर्व लेखाजोखा नगर्नाले विद्यालयको गम्भीर लापरवाही देखिन्छ,ु विज्ञप्तिमा भनिएको छ । बेल्स मोडेलमा घटेको उक्त घटनाको पुनरावृत्ति हुन नदिन बालबालिका आवागमन हुने ठाउँहरुमा अनिवार्य बाल संरक्षणका मापदण्ड पालना गर्ने ब्यवस्था गर्नरगराउन झापाका सबै स्थानीय तहहरुलाई उसले गम्भीर ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियु ९क्रान्तिकारी०ले घटनाको सूक्ष्म अनुसन्धान गरि दोषीलाई कारबाही गर्न, घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न तथा यस प्रकारको प्रज्वलनशील पदार्थको प्रयोगलाई पूर्णतः प्रतिबन्धित गर्न प्रशासनसमक्ष जोडदार माग गरेको छ । बेल्स मोडेलले बार्षिकोत्सव मनाउने क्रममा बेलुन फुलाउन प्रयोग गरिएको हाइड्रोजन ग्यास विस्फोट हुँदा एक जना भारतीय नागरिकको कम्मर मुनि दाहिने खुट्टा चुँडिएको छ भने अर्का एक जना छात्रा घाइते भइ उपचाररत छन् ।