काठमाडौं । 

माघ २६ गतेबाट प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’ को  टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथा वस्तुको खास खुलासा गरेको छ ।

शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन् । फिल्ममा यी दुईले सन्तान सुखको चाहना राख्ने निःसन्तान दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

पाका फिल्ममेकर तथा अभिनेता माओत्से गुरुङको फिल्म निर्देशन गरेका हुन नेपालीभाषामा पहिलो र्डेब्यु फिचर हो । माओत्सेले  सात गुरुङ फिल्म निर्देशन गरिसकेका छन ।

यो मल्टिस्टार फिल्ममा दयाहाङ राई , दीया पुन, विजय बराल, प्रमिस गुरुङ, शिरिष कुँवर, नयन गुरुङ, पुष्कर गुरुङ, टीकाराम घले लगायतको अभिनय छ । बाँसुरी फिल्म्सको प्रस्तुति र माओत्से गुरुङ फिल्म्सको निर्माणमा फिल्म प्रदर्शन हुन लागेको हो ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आएको ७ सीज इन्टरेन्मेन्ट प्रालिले फिल्म अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, युरोप, पूर्वी एसियाका देशहरूमा वितरण गर्ने भएको छ । ७ सीज इन्टरेन्मेन्ट प्रालिले नेपालमा फिल्म पर्दशनी हुने दिन नै अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म रिलिज गर्दै आइरहेको छ ।