बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ स्थित भुसावाडीमा रहेको बेल्स मोडल इङ्गलिस बोडिङ्ग स्कुलमा बार्षिक खेलकूद कार्यक्रम शुरु भएको छ । बिद्यालय परिसरमा आइतवार (आज) बाट शुरु भएको खेलकूद स्कुलको चौथो बार्षिक खेलकूद कार्यक्रम हो । 

स्कुलमा खेलकूद कार्यक्रम अन्तरगत फुटवल, भलिवल, सर्टजम्प, लङ्गजम्प, छेलो, ब्याडमिटन, दौड प्रतियोगितालगायतका बिविध खेलकूदका कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने स्कुलका को–अडिनेटर तथा खेलकूद संयोजक देवान ढुङ्गानाले जानकारी दिएका छन् । उनका अनुसार खेलकूद प्रतियोगितामा सहभागी उत्कृट बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिनेछ । 

शिवसताक्षीमा सैनिक बाल शिक्षाका नाममा सञ्चालनमा रहेको उक्त बिद्यालय बिर्तामोड–७ स्थित भुसावाडीमा २०७६ साल माघ १६ गते सरेको र नामसमेत परिवर्तन गरेर बेल्स मोडल इङ्गलिस बोडिङ्ग राखिएको बिद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईले जानकारी दिए ।

 bells school

नसंरीदेखि कक्षा १० सम्म पढाई हुने उक्त स्कुलमा एक हजार ७ जना बिद्यार्थी अध्ययनरत रहेका तथा शिक्षक, शिक्षिका र कर्मचारीसहित जम्मा ६२ जना रहेको स्कुलका संस्थापक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयकुमार प्रसाईले बताएका छन् । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रसाईको अध्यक्षतामा भएको खेलकूद उद्घाटन कार्यक्रममा स्वागत प्रिन्सिपल ताराकुमार प्रसाईले गरेका थिए भने सञ्चालन शिक्षक प्रकाश बस्नेतले गरेका थिए । 

स्कुलले गत माघ २ गते नै बार्षिक खेलकूद कार्यक्रमको तयारी गरेको थियो ।  उक्त दिन वेलुन फुलाउने क्रममा ग्यास विस्फोट भएर एक ब्यक्ति घाइते भएपछि उक्त कार्यक्रम स्थगित भएको थियो । 

आजबाट शुरु भएको खेलकूद कार्यक्रम सोमबार र मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ । आगामी माघ १६ गते बिद्यालयको बार्षिकोत्सवका अवसरमा  बिविध कार्यक्रम गरिने प्रिन्सिपल प्रसाईले बताएका छन् ।