दुर्गापुर।

झापाको कनकाई–१ प्रजापतिस्थिति पशुपति आधारभूत विद्यालयका ८३ विद्यार्थीलाई आइतबार (आज) न्यानो कपडा वितरण गरिएको छ । अर्जुनधारा–६ निवासी रामकृष्ण (रमेश) शर्मा, अनिता शर्मा तथा उनका छोराबुहारी डा. आशिष र निधिले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका हुन् ।

आइतबार विद्यालयमा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, दाताको तर्फबट अनिता शर्मा, सामाजिक अभियन्ता विनोद बस्नेत र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले न्यानो कपडा ट्राकसुट वितरण गरेका हुन् ।

बढ्दो चिसोमा विपन्न विद्यार्थीलाई उक्त न्यानो कपडाले विद्यालय आउन सहज हुने प्रधानाध्यापक खेम कार्कीले बताए । उक्त विद्यालयमा विपन्न समुदायका ८३ जना बालबालिका अध्ययनरत् छन् ।

विद्यालयका शिक्षक–अभिभावक संघ अध्यक्ष धनबहादुर मिजारको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक तरुण अधिकारीले गरेका थिए । नगर प्रमुख पोखरेल, एकका लागि एक अभियानका सहसंयोजक एवम् झापा गोल्डकपका अध्यक्ष बस्नेतले विपन्न बालबालिकालाई शर्मा परिवारले गरेको सहयोगको सराहना गरे ।

शर्मा परिवारको तर्फबाट उपस्थित अनिताले विपन्न बालबालिका अध्ययन गर्ने उक्त विद्यालयलाई आगामी दिनमा पनि थप सहयोग गर्ने बताइन् ।