विराटनगर ।

कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचमा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका सिटौला ५ हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।

कोशीमा नेकपा (एमाले) र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भएका छन्। उनले ४ हजार पाँच सय ६२ मतभार ल्याएका छन्। सिटौला ७३० मतभारसहित निर्वाचित भएका हुन्।

सत्ता गठबन्धनका तर्फबाट कोशीमै उम्मेदवार रहेकी माओवादी केन्द्रकी चम्पादेवी कार्की भने पराजित भएकी छिन् । त्यस पदमा नेकपा एमाले र राप्रपा गठबन्धनकी साझा उम्मेदवार एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छिन् ।