बिर्तामोड ।  

बेल्स मोडल स्कुलले चौथो बार्षिकोत्सवका अवसरमा बिविध कार्यक्रम गरेको छ । झापाको बिर्तामोड–७ स्थित भुसावाडीमा रहेको स्कुलले मंगलबार (आज) सांस्कृतिक कार्यक्रम, बिभिन्न ब्यक्तित्वलाई सम्मानसहितका कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक जयकुमार प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत बिद्यालयका संयोजक देवान ढुङ्गानाले गरेको कार्यक्रममा स्कुलको प्रगति विवरण बिद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईले प्रस्तुत गरेका थिए । बिद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै प्रिन्सिपल प्रसाईले पहिलो बर्ष ५ सय ४० जना बिद्यार्थीबाट शुरु गरेको बिद्यालयमा हाल एक हजार ७ जना बिद्यार्थी अध्ययनरत रहेको बताए । गुणस्तीय शिक्षा दिने उदेश्यले सञ्चालन गरिएको बिद्यालयमा हाल ४६ जना शिक्षकशिक्षिका र २० जना कर्मचारी रहेका उनले बताएका छन् । 

प्रिन्सिपल प्रसार्ईका अनुसार उक्त बिद्यालयमा २ जना पूर्ण छात्रवृत्तिसहित हाल १०२ जना बिद्यार्थी छात्रबृत्तिबाट अध्ययनरत रहेका छन् । बिद्यालयमा अध्यापनसँगै बिभिन्न अतिरिक्त क्रियाकलाप हुने गरेको बताइएको छ । 

bells modal

सोही कार्यक्रमकाबिच बिद्यालयले प्रथम अभिभावकका रुपमा दीपक कार्की र बिष्णु बस्नेत, सामाजिक ब्यक्तित्वका रुपमा नरेशप्रसाद चुडाल र पूर्व शिक्षकका रुपमा कमल भट्टराई, उषा काफ्ले र सुजता खरेललाई सम्मान गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, प्रदेश सांसद एकराज कार्की, चिन्तन पाठक, पूर्व मेची बहुमुखी क्याम्पसका प्रमुख उमानाथ ओलीलगायतले बिद्यालयको अझ प्रगति साथै उन्नतीको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक खगेन्द्र शिवाकोटीले गरेका थिए । 

कार्यक्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाई, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगर प्याब्सन अध्यक्ष उत्तम खनाल, सह–सचिव देबेन्द्र हुमागाई, अभिवावक संघका अध्यक्ष ताराकुमार चापागाईलगायतको आतिथ्य रहेको थियो भने अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कार्यक्रममा बिद्यार्थीहरुले स्वागत गान, स्वागत नृत्य, राष्ट्रिय गीतमा मोर्डन नृत्यसहित बिविध सांस्केतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।