एजेन्सी ।

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको मृत्यु भएको छ । ३२ वर्षीय पाण्डेको सर्भिकल क्यान्सरबाट मृत्यु भएको पुनमका म्यानेजरले  पुष्टि गरेका हुन् । 

पूनम पान्डेको आधिकारिक इन्ष्टाग्राम पेजमा उनले टिमले आधिकारिक बयान जारी गरेको छ । फेब्रुअरी १ को राति उनको मृत्यु भएको बताइएको छ । पाण्डेको अन्तिम संस्कारसम्बन्धी विवरणहरू आइसकेका छैनन् ।

पुनमले सन् २०१३ मा नशा  फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् । अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् ।