बिर्तामोड ।  

झापाको बिर्तामोड १० को महेन्द्रज्योति  माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल जुत्ता र व्याग वितरण गरिएको छ । आर्थिक अभावका कारण अभिभावकहरुले जोहो गर्न नसक्दा खाली खुट्टा र चप्पलमा विद्यालय आउन बाध्य  बालबालिकाहरुलाई   जुत्ता  तथा ब्याग बितरण गरिएको हो । 

 । गत  पुष ९ गतेदेखि माघ १९ गतेसम्म  बिर्तामोडमा  कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव’ सञ्चालन गरेको फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले एक सय ५० जना विद्यार्थीहरुलाई स्कुल जुत्ता वितरण गरेको हो । 

त्यस्तै लायन्स क्लब अफ बिर्तामोड लेडीले विद्यार्थीहरुलाई ५० थान व्याग वितरण गरेको छ । आइतवार  विद्यालयमै  बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नानीराज घिमिरे, एसोसिएसनकै निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय, लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीलगायतले जुत्ता र व्याग वितरण गरेका हुन् ।