बिर्तामोड । 

मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छिन् । नेपाली चेली मेनुका पौडेल शोको उत्कृष्ट १० मा छनोट हुन सफल भएपनि आइतबारको एपिसोडबाट बाहिरिएकी हुन्।प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक सञ्जालमा आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जानकारी गराएकी छन् ।

उनले लेखेकी छिन्,’आजबाट इण्डियन आइडलको मेरो यात्रा सकिएको छ। तर मेरो जीवनको सांगीतिक यात्रा भने भर्खर सुरु भएको छ। म पहिलाभन्दा सक्रिय रहेर गायन र प्रस्तुतिमार्फत सबैलाई अझै मनोरञ्जन दिनेछु। इन्डियन आइडल सिजन १४ को टप १० सम्म पुर्याउन साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। यो मेरो सुरुवात हो, समाप्ती होइन। अहिलेको लागी इन्डियन आइडलबाट बिदा माग्न चाहन्छु।’ 

इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउन सफल भएकी भन्दै मेनुकालाई हल्दिवारी, सप्तक संगीत विद्यालय झापा लगायतका संघ संस्थाले सम्मान गर्ने कार्यक्रम भएका छन् ।