बिर्तामोड । 

झापाको बिर्तामोड–१ मा सञ्चालित मनकामना कलेज तथा सेकेन्डरी स्कुलले २५ औं बार्षिकोत्सवका अवसरमा बिविध कार्यक्रम गरेको छ । सोमवार (आज) स्कुल परिसरमा कक्षा नर्सरीदेखि १० सम्मका बिद्यार्थीले सांस्कृतिक कार्यक्रमसहितका बिविध कार्यक्रम गरेर बार्षिकोत्सव मनाएका हुन् ।

बार्षिकोत्सवका अवसरमा बर्ष उत्कृष्ट शिक्षक सम्मान, उत्कृष्ट अभिवावक सम्मानसहित नर्सरीदेखि कक्षा १० सम्मका बिद्यार्थीहरुले विभिन्न प्रकारका गायन तथा नृत्यसहित मनोरञ्जनान्तमक कार्यक्रम प्रस्तुत गरेका थिए । 

बर्ष उत्कृष्ट शिक्षक सम्मानका रुपमा शिक्षिका बन्दना अधिकारी, उत्कृष्ट अभिभावकका रुपमा रोधराज भण्डारी, अम्बिका अधिकारी, राजकुमार आङदम्वे  र लक्ष्मीमाया लिम्बु, (इधिङ्गो) लाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल केशव ढुङ्गानाले जानकारी दिए । उनका अनुसार बार्षिकोत्सवका अवसरमा स्कुलले दुई दिनको कार्यक्रम आयोजना गरेको छ । आज कक्षा नर्सरीदेखि १० सम्मका बिद्यार्थीले बिभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम रहेको छन् भने भोली मंगलबार कक्षा ११ देखि डिप्लोमासम्मका बिद्यार्थीहरुले बिविध कार्यक्रम गर्ने स्कुलका प्रिन्सिपल ढुङ्गानाले बताएका छन् । 

manakamana collage

बिद्यालयका सञ्चालक कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन झापा अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्य रहेको थियो । स्वागत शिक्षक ओम कडरियाले गरेको कार्यक्रममा प्रमुख अतिथि फागोले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, हिसान सचिव देवेन्द्र हुमागाई, बालबालिका शिक्षा तथा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल, बिद्यालयका सञ्चालकहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । 

बिद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म सात सय बिद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक तथा कर्मचारी ५० जना रहेका बिद्यालयका प्रिन्सिपल केशव ढुङ्गानाले बताएका छन् । त्यस्तै कलेजतर्फ एक हजार दुई सय बिद्यार्थी र ७१ जना शिक्षक तथा कर्मचारी रहेको उनले जानकारी दिए ।