चारआली । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ स्थित धाइजनमा मन्टेश्वरी बिद्यालय सञ्चालनमा आएको छ । शान्त वातावरणका गुणस्तरीय शिक्षासँगै नानी बाबुहरुलाई संस्कार सिकाउने उदेश्यले जिनियस किड्स मन्टेश्वरी एण्ड चाइल्ड केयर होम सञ्चालनमा आएको हो । 

मन्टेश्वरीका सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष पञ्चकुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर वडा नम्बर १२ का वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मनोज खरेलले मन्टेश्वरीको  उद्घाटन गरेका थिए । बुधवार (आज) उद्घाटन गरिएको मन्टेश्वरी सरस्वती पूजादेखि पूर्ण रुपले सञ्चालनमा आउने सञ्चालक पञ्चकुमार लावतीले जानकारी दिए । 

monteswari

मन्टेश्वरीकी सञ्चालक तथा प्रिन्सिपल दुर्गा लिङ्देनले बिद्यालयको जानकारी दिदै कार्यक्रमको औचित्यमाथि प्रकाश साथै स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका लिम्बु फियाकले गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि खरेल, नेपाल मन्टेश्वरी झापाका संस्थापक अध्यक्ष भिमबहादुर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)  बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ, इजी केयर मन्टेश्वरी धुलाबारीकी प्रिन्सिपल सपना ओडारी प्रसांई, अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमकी सहजकर्ता लक्ष्मी बराइली, आइएमई लाइफ इन्स्योरेन्स प्रदेश प्रमुख मिलन दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।