बिर्तामोड । 

झापाको बिर्तामोड–३ मा सञ्चालित लिंकन मन्टेश्वरी बिद्यालयले अभिभावकको मागलाई ध्यानमा राखेर नानीबाबुलाई संस्कारयक्त सिकाईका कार्यक्रम गरिने गरेको छ ।

 शान्त वातावरणमा बालमनोबिज्ञान तथा बालमैत्री शिक्षा साथै सिकाईका कार्यक्रम मन्टेश्वरीमा तालिम प्राप्त शिक्षिकाहरुद्धारा अध्यापन हुने गरेको मन्टेश्वरी सञ्चालक सरोज पौडेलले जानकारी दिए । 

मन्टेश्वरीमा कुनैपनि चाडपर्वमा हुने बिदाका दिन पनि नानीबाबुहरुलाई संस्कृतिको अभ्यास गराइने गरेको सञ्चालक पौडेलले बताए । पौडेलका अनुसार बिद्यालयमा खेल मैदानको राम्रो ब्यवस्था, नानीबाबुहरुलाई गीतसंगीत, नृत्यलगायतका सिकाईका क्रियाकलाप प्रशिक्षण तालिम प्राप्त योग्य प्रशिक्षकले दिने गरेका छन् । मन्टेश्वरीले यातायातको सुविधा पनि दिदै आएको बताइएको छ । 

त्यसैगरी अभिभावकको मागलाई ध्यानमा राखेर शान्त वातावरणमा ल्यावसहितको मन्टेश्वरी विधिबाट अध्यापन गराइने गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनका अनुसार मन्टेश्वरीमा नानीबाबुहरुलाई शिक्षासँगै संस्कारयुक्त सिकाईका कार्यक्रमहरु तालिम प्राप्त शिक्षिकाहरुले सिकाउने गरेकाछन् ।