• रन्जित परियार

अर्जुनधारा । 

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजना एवम् शिक्षा तालीम केन्द्र सुनसरीको सहजीकरणमा शिक्षक पेशागत बिकास तालिम (टिपिडी) प्रथम चरणको तालीम एक समारोह बिच शुरु भएको छ । 

आधारभूत तह (१–५) मा अध्यापनरत २५ जना स्थायी शिक्षकहरुको लागि एकीकृत पाठयक्रममा आधारित १० दिने प्रमाणीकरण तालिम झापामा पहिलो पटक सञ्चालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप–सचिव तोयानाथ रेग्मीले बताए । 

शिक्षकहरुको वृत्ति विकास सँगसँगै एकीकृत पाठयक्रमले दिएको मुल्यांकन क्षेत्र, एकीकृत पाठयक्रम तथा सामग्री निर्माण, शैक्षिक योजना निर्माण र प्रयोग, ब्यवहार कुसल सीपमा आधारित दैनिक पाठ योजना निर्माण र शिक्षण सिकाईमा सूचना तथा सञ्चार प्राविधिको प्रयोग बारे अभिमुखिकरणसहित कक्षा कोठामा विद्यार्थीमैत्री अध्यापन गर्न दक्ष यो तालिमले बनाउने शिक्षा तालीम केन्द्र, सुनसरीका प्रमुख सुर्यराज घिमिरेले बताएका छन् । 

शिक्षक पेसागत बिकास तालीमले शिक्षकहरुको वृत्ति बिकाससँगै आधुनिक प्राविधिको प्रयोगले कक्षा शिक्षण सिकाइमा यसले अभिवृद्धि होस सामुदायिक बिद्यालयप्रति आकर्षक समृद्धि हुँदै जानेमा आफू बिस्वस्त रहेको र नगरले लगानी गरि यो तालीम सञ्चालन रहेकोले शिक्षक बर्गले भरपुर सिकाईमा केन्द्रीत रहन बिशिस्ट अतिथि कार्यबाहक मेयर खडगमाया पराजुलीले बताइन् । 

तालीममा सहजकर्ताको रूपमा शिक्षा तालीम केन्द्र सुनसरीका रेवन्तबहादुर बस्नेत, सुपेनचन्द्र राजवंशी, तीर्थमान राई, डुण्डीराज पौडेल, सोममणि कोइराला, मानबहादुर देवकोटा, शिक्षा अधिकृत सुनिता भट्टराई, प्रधानाध्यापक रुपक दाहाल रहेका छन् ।  

उक्त तालीम माघ २५ गतेबाट फागुन ५ गतेसम्म सञ्चालन रहने छ भने ५ दिन स्वअध्यानका लागि बिद्यालय जानेसहित १५/१५ दिनको गरि दुई चरणमा सञ्चालन रहने शिक्षा प्रमुख रेग्मीले बताएका छन् ।   

कार्यक्रम प्रमुख प्रसाकिय अधिकृत तिलोचन रिमालको प्रमुख आतिथ्य एवम् शिक्षा अधिकृत सुनिता भट्टराईले कार्यक्रमको औचित्य साथै स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गर्नु भएको थियो ।