झापा । 

कोशी प्रदेशमा मन्त्री मण्डल विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले चार जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन।

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथसमेत ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारीमन्त्रीमा रामकुमार खत्री, सिंचाई तथा उर्जामन्त्रीमा नारायण बुर्जा मगर र खानेपानी, सिंचाई तथा उर्जालाई राजेन्द्र कार्कीलाई नियुक्त गर्दै जिम्वेवारी दिएका छन् । 

त्यसैगरी सामाजिक विकास मन्त्रालय, इन्दिरा थापालाई आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्री र सुनिताकुमारी रामलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीको  जिम्मेवारी दिएका छन् ।