बिर्तामोड । 

झापाको बिर्तामोड ५ मा सञ्चालनमा रहेको एमिटी एजुकेशन फाउण्डेशनले विभिन्न कार्यक्रम गर्दै २५ औं वार्षिकोत्सव मनाएको छ ।फाउण्डेशनले आइतवार (आज) विद्यालय परिसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको सास्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।

विद्यालयका प्रिन्सिपल राधेश्याम ढकाल (आरएस) को अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्य रहेको थियो । दुई दिनसम्म मनाइने बार्षिकोत्सव अन्तरगत आज कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले सास्कृतिक कार्यक्रम अन्तरगत नृत्य, गायन, प्रहसन प्रस्तुत गरेका थिए । विद्यार्थीले कल्चरल, राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेका थिए भने जुनियर थ्रेटर क्लवले नाटक समेत प्रस्तुत गरेको थियो ।

विद्यालयले वार्षिकोत्सवको अवसर पारेर कक्षा गत रुपमा प्रत्येक कक्षाबाट तीन जनाका दरले उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृतसहित सम्मान गरेकोे छ । विद्यालयका प्रिन्सिपल ढकालले स्वागतसहित विद्यालयको शैक्षिक गतिविधि माथि प्रकाश पारेको कार्यक्रममा सहायक प्रिन्सिपल कुलप्रसाद खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

amity

कार्यक्रममा २० वर्ष सेवा पूरा गर्ने शिक्षकहरुमा कुलप्रसाद खतिवडा र टीका ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै समय पालक शिक्षकका रुपमा गीता राई मुखियालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ७ जना अभिभावकलाई समेत सम्मान गरिएको भने दुई जना विद्यार्थीलाई ४३ हजार दुई सयका दरले पूर्ण रुपमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रिन्सिपल ढकालले जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक गणेशप्रकाश  आचार्यले गरेका थिए । 

त्यस्तै भोली सोमवार  कलेजका बिद्यार्थीले बिविध कार्यक्रम गरेर बार्षिकोत्सव मनाउने कलेजका को–अडिनेटर बिनोद शाहले जानकारी दिएका छन् ।  

बिद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म करिव सात सय र कलेजतर्फ करिब ६ सय बिद्यार्थी अध्यनरत छन् भने स्कुल र कलेजमा गरेर जम्मा शिक्षक र कर्मचारी एक सय ७ जना रहेका प्रिन्सिपल ढकालले जानकारी दिए ।