बिर्तामोड । 

एमिटी एजुकेशन फाउण्डेशनले २५ औं वार्षिकोत्सव बिविध कार्यक्रम गरेर सम्पन्न गरेको छ । झापाको बिर्तामोड ५ मा सञ्चालनमा रहेको फाउण्डेशनले आइतवार र सोमवार बिभिन्न सांस्कृति कार्यक्रम गरेर २५ औं बार्षिकोत्सव सम्पन्न गरेको हो ।  

फाउडेशनमा आइतवार कक्षा नर्सरीदेखि १० सम्मका बिद्यार्थीहरुले नृत्य, गायन,  नाटकलगायत कार्यक्रम गरेका थिए । त्यस्तै बिभिन्न ब्यक्तित्वहरुलाई सम्मानलगायतका कार्यक्रम गरिएको थियो । सोमवार (आज) कलेजका बिद्यार्थीहरुले बिविध कार्यक्रम गरेर बार्षिकोत्सव सम्पन्न गरेका हुन् । 

कलेजका बिद्यार्थीहरुले नृत्य, गायन, कविता बाचन, र्याम्प वाक, सामुहिक नृत्य, जोडी नृत्य र नाटकलगायतका मनोरन्जानात्मक कार्यक्रम गरेर बार्षिकोत्सव मनाएका छन् । बिद्यालयले बिद्यार्थीको अन्तरर्निहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यले सांस्कृतिक कार्यक्रम गराएको कलेजका को–अडिनेटर बिनोद शाहले जानकारी दिए । शाहका अनुसार बिद्यालयमा निरन्तर रुपमा अतिरिक्त क्रियाकलाप हुने गरेको छ । 

सोही कार्यक्रमका हिसान झापाद्धारा आयोजित भलिवल प्रतियोगितामा तृतीया स्थान हासिल गर्न सफल बिद्यालयका छात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

amity 2

त्यस्तै गायन, नृत्य, उद्घोषण, भाषण र सम्भावित बिद्यार्थीहरुलाई बिद्यालयले सम्मान गरेको छ । गायनमा प्रथम रितिशा रिजाल र सान्तवना चिराग आलेमगर,  नृत्यमा प्रनिशा श्रेष्ठ, राहिस्ता पोखरेल र बिद्या राई, भाषणमा शिला दास र उद्घोषणमा दिपास्न मैनाली, रुपक गौतम र एभिगेल राईलाई पुरस्कृत गरिएको प्रिन्सिपल राधेश्याम ढकाल (आरएस) ले जानकारी दिए । 

संगीतको निर्णायकमा कृष्ण योञ्जन, नृत्यको निर्णायकमा बिक्रम गेलाल र वक्तृत्वको निर्णायकमा अशोक गणेश रहेका थिए । निर्णायक मण्डलीको आधारमा बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल आरएस ढकाल, संस्थापक केशवी शर्मा ढकाल, सरस्वती ढकाल, लक्ष्मी संग्रौला खड्का शेयर सदस्य ममता शाहलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश शर्माले गरेका थिए । 

बिद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म सात सय २० जना र कलेजतर्फ करिब ६ सय बिद्यार्थी अध्ययनरतका प्रिन्सिपल आरएस ढकालले जानकारी दिए । प्रिन्सिपल ढकालका अनुसार बिद्यालय र कलेजमा गरेर जम्मा शिक्षक र कर्मचारी एक सय ७ जना रहेका छन् ।