बिर्तामोड । 

झापाको बिर्तामोड ५ मा सञ्चालित न्युटन्स् एजुकेशन एकाडेमीमा विद्याकी देवी सरस्वरीको पूजाआज गरेर मनाइदैछ । आज बिशेष पुजा आरधना कार्यक्रमका साथ उमेर पुगेका बाबुनानीहरुका लागि अक्षरारम्भ अभियान चलाएको विद्यालयका प्रिन्सीपल देबेन्द्र हुमागाँईले जानकारी दिए । 

विद्यालय पठाउने तीन बर्ष पुरा भई आउँदो बैशाखमा ४ बर्ष उमेर पुरा पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने विद्यालयका प्रिन्सीपल हुमागाँईले बताए । उनले आज विद्यालयमा अक्षरारम्भ गरेको नानीबाबुहरुलाई फागुन र चैत्रसम्म अभिभावकका साथ विद्यालयमा आउने अभ्यास गराइने र बैशाखमा मात्र उनीहरुलाई भर्ना गरिने बताए । यो दुई महिनाको अवधिको विद्यालयले सामान्य खर्च बापत २ हजार शुल्क लिने जनाइएको छ ।  उनले बालमैत्री बातावरणमा बालबालिकालाई खेलाउँदै, रमाउँदै अनुभवी शिक्षकबाट शिक्षा प्रदान गरिने बताए । 

विद्यालयले कक्षा नर्सरीमा ३० जना मात्र भर्ना लिने र उनीहरुलाई दुई वटा समुहमा बिभाजन गरेर राख्ने छ । त्यस्तै कक्षा एलकेजीमा ४० जना भर्ना लिने र दुई समुहमा बिभाजन गरिनेछ । त्यस्तै युकेजीमा ५० जना भर्ना गरेर दुई समुहमा बिभाजन गरेर विद्यार्थी पठाइने छ । 

विद्यालयमा नर्सरी, एलकेजी, यूकेजीमा गरेर ११५ विद्यार्थी र ५ शिक्षक र ५ जना सिस्टहरु कार्यरत छन् । २०६० सालमा १५० जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल स्कुल र प्लस टु मा गरी करीब १६ सय विद्यार्थी अध्ययनरत छन् । १६५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयमा प्लस टु अन्तरर्गत साइन्स र मेनेजमेन्ट बिषयमको अध्यापन हुँदै आएको छ । 

वसन्त पञ्चमीका दिन माता सरस्वतीको जन्म भएको जनविश्वास छ ।  यस अवसरमा विशेष गरी विद्यार्थीले सरस्वती, किताब, कपी, कलम लगायतको पूजा गर्ने गर्छन ।