• रन्जित परियार

बुटाबारी । 

बसन्त पन्चमी एवम् सरस्वती पुजाको अवसर पारेर एक समारोह बिच जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ मा धार्मिक बिधी अनुसार सरस्वती मन्दिर उद्घाटन एवम् हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

महेश्वरी महिला मञ्च मेचीको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको हो भने स्वर्गीय आमा शुभद्रा सुजिको स्मृतिमा छोरीहरु कमला र गोमा परियारले सरस्वती मुर्ति प्रदान गरेका हुन् ।  

बसन्त पन्चमीको शुभ अवसरमा बिद्याकि देबि सरस्वती माताको मन्दिर स्थापना गरि दिएर मसिना बालबालिका एवम् विद्यार्थीप्रति शिक्षप्रति सदैव आस्था जगाउने सराहनीय सहयोग गर्नेे मन्दिर निर्माण संस्था महेश्वरी महिला मञ्च मेचीकि अध्यक्ष रिता चित्लङ्गिया लगायत सम्पूर्ण समिति र मुर्ति दाता कमला तथा गोमा परियारप्रति प्रमुख अतिथि बिद्यालय सस्थापक एवम् प्रतिनिधि सभा उप–सभामुख इन्दिरा रानाले धन्यवाद व्यक्त गरिन् । 

महेश्वरी महिला मञ्च मेचीले दुई बर्षदेखि लगातार बालगृह तथा बिद्यालयलाई खाद्यान्न, स्कुल सुइटर जुत्ता, स्टेशनरीलगायत सहयोग गर्दै आएको र बिद्यालयको न्युनतम आवश्यकतालाई पूरा गरि नमूना बिद्यालय बनाउने उदेश्य अनुरुप मन्दिर र मुर्ति एक लाख रुपैयाँ मूल्य बराबरको लागतमा बिद्यालयमा सरस्वती मन्दिर निर्माण गरिएको प्रधानाध्यापक रन्जित परियारले बताए । 

कार्यक्रममा अतिथि वडाअध्यक्ष खगेन्द्र इङ्गनाम, शिक्षासेवी हस्त परियार, बन्दी सहायता नेपाल झापा शाखा उपाध्यक्ष अर्जुन थेबे, महेश्वरी समाज मेचीका महेश चित्लयाङ्गिया, महारानीगन्ज माबिका प्रधानाध्यापक मनबहादुर लिम्बु, जनप्रतिनिधि सुसिला गिरी, समाजसेवी कृष्ण गिरी, स्वच्छ समाजका लागि सामाजिक अभियानका सचिव अभिचन्द्र बास्कोटा, शिअस अध्यक्ष तीर्थबहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् सस्थापक जगतबहादुर मगरको अध्यक्षतामा सञ्चालित कार्यक्रममा मञ्चकी सचिब सुधा तोसनिवालले सरस्वती बन्दना बाचन गरेकी थिइन् भने कार्यक्रममा स्वागत बिद्यालयकि शिक्षक गिता खरेलले गरेकी थिइन् । कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।