बिर्तामोड ।  

झापाको बिर्तामोडमा सञ्चालनमा रहेको तक्षशीला प्रोगेसिभ इग्लिस स्कुलमा ‘तक्षशीला महोत्सव’ आयोजना भएको छ ।  शनिवार (आज) बाट शुरु भएको तक्षशीला महोत्सव एक हप्तासम्म सञ्चालन हुने स्कुलले जनाएको छ ।

बिद्यार्थीलाई अध्ययन मात्र नभएर क्षमता विकाससहित ब्यवहारिक शिक्षा दिने उदेश्यले महोत्सवको आयोजना गरिएको स्कुलका प्रिन्सिपल डा. भिक्टर जोसफले जानकारी दिए । उनका अनुसार पूर्वमै पहिलो पटक तक्षशीला प्रोगेसिभ इग्लिस स्कुलले त्यस प्रकारको महोत्सव आयोजना गरेको हो ।

स्कुलका प्रिन्सिपल डा. भिक्टर जोसफको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रोफेसर डा.उमेश शर्माको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि डा. प्रोफेसर शर्मा, बिशिष्ट अतिथि डा. बसन्त जोशी, डा.अञ्जली कार्कीलगायतले पानसमा दीप प्रज्वलन गर्दै परेवा उडाएर कार्यक्रमको उद्घाटन गरेको थिए ।  

takkk xa

कार्यक्रममा सञ्चालक इन्दिरा गिरी, बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी, डा. निराजन प्रसाईलगायतको आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षिका शक्तिकुमारी तामाङले गरेकी थिइन् ।

महोत्सवमा बिद्यार्थीहरुले बिभिन्न प्रकारका स्टलहरुसमेत राखेका छन् । बिद्यार्थीले लाइभ म्युजिक, फुड, फेस पेन्टिङ, सेल्फी कन्टेष्ट, गेमलगायतका स्टलहरु प्रदर्शन गरेका छन् । त्यसैगरी बिभिन्न नृत्य, गायन, संगीतलगायतका मनोरञ्जानात्मक कार्यक्रमहरु समेत गरेका थिए । कार्यक्रम उद्घाटन अघि बिद्यार्थीहरुले बिभिन्न भेषभुसामा र्यालीसमेत गरेका थिए ।

सोही कार्यक्रमका अवसरमा प्रि–स्कुल लिटल आइन्सटाइस पनि शुरु गरिने बताइएको छ । कार्यक्रममा नगर स्तरीय तथा इन्टर स्कुल खेलकूद प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत समेत गरिने स्कुलले जनाएको छ ।