• रन्जित परियार 

बुट्टाबारी । 

झापाको अर्जुनधारा नगरपालिकामा सञ्चालित शिक्षक पेशागत बिकास तालिम (टिपीडी)  प्रथम चरणको तालिम सम्पन्न भएको छ।शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजना एवम् शिक्षा तालीम केन्द्र सुनसरीको सहजीकरणमा तालिम भएको थियो । 

शिक्षकहरुको वृति बिकाससँगसँगै एकीकृत पाठयक्रम (१–३) ले दिएको मुल्यांकन क्षेत्र, एकीकृत पाठयक्रम तथा सामग्री निर्माण, शैक्षिक योजना निर्माण र प्रयोग, ब्यवहारकुशल सीपमा आधारित दैनिक पाठ योजना निर्माण र शिक्षण सिकाईमा सूचना तथा सञ्चार प्राविधिको प्रयोग बारे अभिमुखिकरणसहित कक्षाकोठामा विद्यार्थी मैत्री अद्यापन गर्न दक्ष यो तालिमले बनाउने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप–सचिब तोयानाथ रेग्मीले बताए। 

आधारभूत तह (१–५) मा अद्यापनरत २५ जना स्थायी शिक्षकहरुको लागि एकीकृत पाठयक्रममा आधारित १० दिने प्रमाणीकरण तालिम झापा जिल्लामा पहिलो पटक सञ्चालन गरिएको हो । 

तालिमले बिद्यालयमा विद्यार्थी  र आफ्नो ब्यक्तिगत जीवनमा केही न केही सुधार ल्याउन सकिने भन्दै प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुली, बिशिस्ट अतिथि सामाजिक बिकास अर्जुनधाराका संयोजक भोला परियार, शिक्षा तालिम केन्द्रका प्रमुख सूर्यप्रसाद घिमिरे, सहजकर्ता सोममणी कोइरालाले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा प्राप्त गरेको सिकाई बिषयबस्तु र बिद्यालयमा रहेका विद्यार्थीहरुमा प्रयोग गरिने सिकाई र एकीकृत पाढ्यक्रमको मर्म अनुसार धेरै कुरा सिक्न पाएकोमा तालिम फलदायी रहेको र यसलाई ब्यहारमा उतार्ने सहभागीहरुले प्रयास गर्ने बताएका छन् । 

उक्त तालिम शिक्षा तालिम केन्द्र सुनसरीमा नै गएर लिर्नु पर्ने  तालीम लिन धेरै समयमा पालो पर्खनु पर्ने अवस्था थियो । तर नगरले शिक्षकहरुमाथि लगानी गरेको सहभागी शिक्षकहरुले खुसी ब्यतm गरे ।  टिपिडी तालिम सञ्चालन गरिदिएकोमा शिक्षा शाखा एवम् अर्जुनधारा नगर पालिकालाई प्रशिक्षार्थी शिक्षकहरुको तर्फबाट जुनकीरी आधारभूत बिद्यालय अर्जुनधारा ११ का प्रधानाध्यापक रन्जित परियार, लक्ष्मी माध्यमिक बिद्यालय अर्जुनधारा ६ कि शिक्षक सानुमाया तामाङले धन्यवाद व्यक्त गरेका थिए । 

कार्यक्रम शिक्षा अधिकृत सुनिता भट्टराईको अध्यक्षतामा सञ्चालन कार्यक्रमको सहजीकरण प्राविधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।