• रन्जित परियार 

बुट्टावारी । 

बन्दी सहायता नेपालले अर्जुनधारा–११ झापाद्वारा सिबिक इ–लाइब्रेरीको उदघाटन गरेको छ । बन्दी सहायताले एक समारोहकाबिच इ लाइब्रेरीको उदघाटन गरेको हो ।

बालबालिका र युवा तथा बृद्ध सबैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्तक साथै नेपालको संविधान, न्याय कानुनका पुस्तकहरु बालबालिका महिला हिसा सम्बन्धि सचेतता पुस्तक अन्य ज्ञान बद्र्धक पुस्तकहरु उपलब्ध भएको इ–लाइब्रेरी उद्घाटन गरिएको हो ।

त्यसैगरी इ–लाइब्रेरीमा बिद्यालय पाढ्यक्रम  सिकाइ सम्बन्धि सम्पूर्ण पुस्तक एकै स्थानमा पढ्न पाइने र अर्जुनधारामा पहिलो पटक गाउँ स्तरमा सञ्चालन रहेकोमा सहयोगी संस्था सिटि किड्स अमेरिकालाई प्रमुख अतिथि बन्दी सहायता नेपालकि सस्थापक एवम् प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरज्युले धन्यवाद व्यक्त गरेकी थिइन् । 

स्थानीय स्तरमा सबैको पहुँच भएको इ लाइब्रेरीले बालबालिकामा अध्ययनसिलता बढाउने भएकनले अत्यन्तै राम्रो कार्य थालनीका लागि अतिथिहरु शिक्षासेवि हस्त परियार, पूर्व डिएसपी गोबिन्द अधिकारी, उप सचिब बिमलराज जोशी लगायतले शुभकामना व्यक्त गरेका थिए ।  

हाललाई नेटसहित दुई कम्प्युटर जडान गरिएको र भविश्यमा थप गर्दै लाने शाखा अध्यक्ष जगतबहादुर मगरले बताए । कार्यक्रमको सचिब रन्जित परियारले सहजीकरण गरेका थिए ।