• रन्जित परियार
 बुट्टावारी ।  
नेपाल शिक्षक संघ अर्जुनधाराको पाँचौं नगर प्रतिनिधि सभा एवम् शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अनिवार्य अवकाश प्राप्त गर्नु हुने प्रधानाध्यापक चेतामणि खनाल, शिक्षकहरु दुर्गादेबी तिमसिना, मनिसा अधिकारीलाई प्रशसा पत्रसहित सम्मान गरिएको थियो ।

त्यस्तै नगरभित्र नवागंतुक शिक्षक कबिन्द्र भण्डारी, देबिनारायण बिष्ट, तेजराज पनेरु, निरु शर्मा, माया गौतम र साबित्रा राईलाइ मायाको चिनो सहित स्वागत सम्मान गरिएको थियो । 

कार्यक्रममा सम्मानित ब्याक्तित्वहरुलाई अतिथि नेपाल शिक्षक संघ जिल्ला सदस्य निर्मला पोख्रेल, नेपाली काङ्ग्रेस एवम् शिक्षक नेता सरस्वती सिटौला गोले शुभकामना व्यक्त गरेका थिए ।  सम्मानित ब्यक्तित्वको तर्फबाट चेतामणि खनाल र देबिनारायण बिष्टले धन्यवाद व्यक्त गरेका थिए । 

नेपाल शिक्षक संघ नगर सभापति सुजाता शिवाकोटी (सापकोटा) को अध्यक्षता एवम् बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा नेपाली काङ्ग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेलको प्रमुख आतिथ्य रहेको थियो । 

संघको आर्थिक बर्ष ७९÷८० को आर्थिक प्रतिवेदन कोष सचिब रन्जित परियारले प्रस्तुत  गरेका थिए । स्वागत सुशील ढुङ्गेलले गरेका कार्यक्रमको सहजीकरण उपाध्यक्ष गङ्गा पोख्रेलले गरेका थिए ।