चारआली ।

पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या–पर्यटन बिकासको नाममा सामुदायिक बनले पक्की संरचना बनाए त्यस्ता बन समुहलाई कार्वाही गर्ने बताएका छ्न् ।  पुर्वको फेवातालको रुपमा बिकास तीब्र बनाइएको झापाको मेचीनगर–३ स्थित हातेमालो सामुदायिक बन उपभोक्ता समुहअन्तरगत निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रको अवलोकन गर्ने क्रममा आइतबार मन्त्री उप्रेतीले उक्त कुरा बताएका हुन् । 

भौतिक संरचना सिमेन्टेड हुँदा बनभित्र बन्यजन्तु र चराचुरुङ्गीलाई अनुकूल नहुने, स्वच्छ वातावरण र बनभित्रको प्राकृतिक सुन्दरता ओझेलमा परेकाले बन परिषरभित्र सिमेन्टेड संरचना निर्माण गर्न निरुत्साहित गरेको मन्त्री उप्रेतीको भनाई थियो ।

सबै जिल्लाका बन कार्यालयलाई सचेत गराइसकेको समेत मन्त्री उप्रेतीले बताए । उनले आफ्नो मातहतका बन समितिलाई निर्देशन पालना नगरेको प्रमाणका आधारमा ति बन समितिलाई कार्वाही गरिने जानकारी दिए । बन परिषरभित्र निर्माण गरिसकेका पक्की संरचनाका बारेमा पछि  सोचौँला मन्त्री उप्रेतीले भने ‘तर नयाँ पक्की संरचना चै बनाइनु हुँदैन, बनाउन दिइनेछैन ।’

‘बनमा आफ्नै काठ छ । काठबाट निर्माण गरिएका संरचना प्राकृति, पर्यावरणसहित वन्यजन्तुको जगेर्ना हुने प्रस्ट्याउँदै मन्त्री उप्रेतीले भने ‘पक्की संरचना बनभित्र त्यसै असुहाउँदो, पर्यावरणीय दृस्ठिकोणले पनि प्राकृतिकमैत्री हुँदैन । त्यसैले कोशी प्रदेश सरकारले बनभित्र पक्की संरचना निर्माणमा निरुत्साहित गर्न लागेको हो ।’ 

अवलोकनका क्रममा हातेमालो सामुदायिक बन उपभोक्ता समुहअन्तरगतको निचाझोडा सिमसार पर्या(पर्यटन क्षेत्रको बिकासका लागि समुहले मन्त्री उप्रेतीलाई २ करोड रकमको बजेट माग पत्र हस्तान्तरण गरेको थियो । बन समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले मन्त्री उप्रेतीलाई उक्त बजेट मागपत्र हस्तान्तरण गरेका हुन्  ।

सो क्रममा बिकासको पर्खाइमा रहेको सम्भावना बोकेको पर्या–पर्यावरण क्षेत्र रहेकाले तत्काल १ करोड बजेट दिन सकिने आश्वासन दिएका थिए । मन्त्री उप्रेतीसँग प्रदेस सांसद सबिना बजगाईं, माओवादी केन्द्रका झापा जिल्ला इन्चार्ज राजु आचार्य, जिल्ला सदस्य खगेन्द्र सिग्देल, मेचीनगर–१४ इन्चार्ज अपुर्ब डाँगी, १३ का अध्यक्ष पुरुस्वोत्तम सिग्देल, काङ्ग्रेसका क्षेत्रीय सभापति सन्तोष न्यौपाने, दुर्गाप्रसाद साप्कोटा, पुष्प कार्की, एमालेका मोहन खतिवडा र बनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।