बिर्तामोड । 

बिर्तामोड एजुकेशन फाउन्डेशनले ७ औं वार्षिकोत्सवको अवसरमा झापाको धुलाबारीमा शाखा विस्तार गरेको छ । फाउण्डेशनले बिहीबार (आज) इन्डियन आडल सिजन १४ की टप १० मा पर्न सफल गायिका मेनुका पौडेललाई सम्मान गर्दै चाौथो शाखाको रुपमा धुलाबारीमा कार्यालय सञ्चालन गरेको हो ।

 फाउण्डेशनका अध्यक्ष राज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाको उद्घाटन मेचीनगरका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । स्वागत धुलाबारी शाखा प्रमुख भोगेन्द्रप्रसाद न्यौपाने (भुवन)ले गरेको कार्यक्रमको सञ्चालन फाउण्डेशनका कर्मचारी केशव अधिकारीले गरेका थिए ।

btm edu

सोही कार्यक्रमका बीच संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत गाायिका पौडेललाई नगद ३० हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा गायिका पौडेलले आफ्ना गितहरु प्र्रस्तुत गरेर मनोरञ्जनसमेत प्रदान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, इष्ट होराइजन बिद्यालयका प्रिन्सिपल सञ्जिव राई, उद्योग वाणिाज्य संघ मेचीनगरका अध्यक्ष ख्याम प्रसाई, इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, संस्थापक अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल, निर्वतमान अध्यक्ष मिलन ओली लगायतले शुभकामनाा मन्तब्य राखेका थिए ।

बिर्तामोड एजुकेशन फाउण्डेशनले जापानसहितका विभिन्न देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदैं आएको छ । फाउण्डेशनले हरेक वर्षको मार्च ७ तारिखका दिन आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउदैं आएको छ ।