• रन्जित परियार  

बुट्टाबारी । 

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाले चैत ५ गते देखी शुरु हुने नगर स्तरीय कक्षा ८ को परिक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । 

नगर भित्र रहेका सामुदायिक बिद्यालय १५ र सस्थागत बिद्यालय २१ गरि ३६ बिद्यालयका कुल १ हजार १ सय ४३ जना विद्यार्थीहरु यसपालिको कक्षा ८ को परिक्षामा सहभागी हुँदै गरेको नगर शिक्षा प्रमुख उप–सचिव तोयानाथ रेग्मीले बताएका हुन् । 

८ ओटा केन्द्र तोकिए बमोजिम केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण तालिम प्रदान गरि सकिएको र निम्न बिद्यालय शनिश्चरे माबि, लक्ष्मी माबि, भानु माबि, जनता माबि, सिहदेबी माबि, कालिस्थान माबि, अर्जुनधारा माबि र महारानिगन्ज माबि केन्द्र रहेको शिक्षा अधिकृत सुनिता भट्टराईले जानकारी दिइन् ।