बिर्तामोड ।

नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघ क्षेत्र नं.२ को क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।महासंघको क्षेत्रीय नं.२ को क्षेत्रीय अधिवेशनले लवकुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा कुमार कङदङ्वा, सन्तोष तामाङ, सचिवमा रुपवति राजवंशी, सचिवमा मदन दनुवार, सहसचिवद्वयमा गणेश मादेन र हरि मगर तथा कोषाध्यक्षमा सरस्वती चौधरी चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यमा सम्झना राई, बन्दना श्रेष्ठ, रंजित राजवंशी, शंकर गुरुङ, पूर्णवती लिम्बू र पूर्ण राजवंशी रहेका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधिमा गोपाल चौधरी, सुन्दर थापामगर, माया प्रधान, तुलाराम गुरुङ्ग र लक्ष्मण ज्वेयल श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी कुमार कन्दङ्वाको अध्यक्षतामा क्षेत्र नं. २ प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमिति चयन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षद्वयमा राम हास्दा, एलबहादुर गुरुङ, सचिवमा राजेश आङबुहाङ, प्रदिप मादेन, सहसचिवद्वय शशी राई र देवी कुमार तथा कोषाध्यक्षमा रुद्रमणी प्रधान रहेका छन् । समितिको सदस्यहरुमा विष्णु चौधरी, दिपा लिम्बू, तुलसी श्रेष्ठ, तेजकुमार श्रेष्ठ लगायत रहेका छन् ।

अधिवेशनले कोशी प्रदेश अधिवेशनका लागि ६ जना प्रदेश प्रतिनिधि चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जनकारी दिए । त्यसैगरी आज(आइतबार) सम्पन्न क्षेत्र नं. २ प्रदेश ‘ख’ को आदिवासी जनजाति महासंघको क्षेत्रीय कार्यसमितिको अध्यक्षमा सन्तोष तामाङ चयन भएका छन् ।

समितिको उपाध्यक्षद्वयमा विद्यानन्द चौधरी, र विजय धिमाल, सचिवद्वयमा राम श्रेष्ठ र जीना राई सहसचिवमा प्रेम मगर र शरद मगर, कोषाध्यक्षमा प्रेमकला श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यहरुमा गणेश आले र जर्मन चेम्जोङ्ग रहेका छन् भने कोशी प्रदेश अधिवेशन प्रतिनिधिमा यज्ञलाल श्रेष्ठसहित ६ जना चयन भएका छन् ।

पार्टी जिल्ला सचिव कृष्ण हुमागाँईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा जिल्ला प्रतिनिधि धर्म लक्सम्बाले औचित्यबारे प्रकाश पारेका थिए भने दिलकुमार नेम्वाङ, भोजराज सिटौला, राधा सुब्बा, दिपेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । लक्ष्मी आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन किरण श्रेष्ठले गरेका थिए ।